प्यूठान । प्यूठानको पूर्वी क्षेत्र चुजाँठाटीमा बैंक स्थापनाको लागी पहल भइरहेको प्रतिनीधी सभाका सदस्य सूर्य थापाले बताएका छन् । आज (मंगलबार) धरमपानी स्वास्थ्य चौकीमा प्रयोेगशालाको उद्घटनमा बोल्दै यस्तो बताएका हुन् ।
चुजाँठाटीमा बैंक नहुदाँ जनतालाई समस्या भएकोले बैंक स्थापनाका लागी पहल भइरहेको बताएका हुन् । ‘यस क्षेत्रमा बैंक नहुदाँ जनतालाई बैंकिङ्ग सेवा लिन सदमुकाम धाउनुपर्ने बाध्यता छ’ उनले भने,‘त्यसलाई अन्त्य गर्न पहल भइरहेको छ अब चाडैँ बैक स्थापना हुन्छ ।’ थापाले जिल्लाको बिकासका लागी दल भन्दा माथी उठेर सबैसगँ सहकार्य गर्न तयार रहेको समेत बताए । त्यस्तै स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापनाको लागी सामाग्री खरिद गर्न सहयोग गर्ने स्थानीय लेखनाथ पौडेल र परिवारलाई धन्याबाद ब्यक्त गर्दै खुशी पनि ब्यक्त गरे ।

