प्युठान ।
प्युठान नगरपालिकाका जनप्रतिनिधिले कार्यसम्पादनमा भएका कमि कमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने बताएका छन् । नागरिक अभियान प्युठानले मंगलबार जुम्रीमा आयोजना गरेको जनतासंग जनप्रतिनिधि सम्वाद कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
कार्यक्रममा स्थानिय नागरिकले नगरपालिकाभित्र देखिएको कृषि, शिक्षा,स्वास्थ्य, सरसफाइ,खानेपानी, सडक, विधुत, आर्थिक,सामाजिक,साँस्कृतिक, विकास निर्माण लगाएतका क्षेत्रमा देखिएका विभिन्न समस्या,अनियमिता,नगरपालिकाले अङ्ग्रेजी भाषामा निकाल्ने इस्टिमेट नेपाली भाषामा पनि निकाल्नुपर्ने लगाएतका बिषयमामा सल्लाह,सुझाब,चासो, गुनासो सहित जनप्रतिनिधिलाई प्रश्न गरेका थिए।
कार्यक्रममा आफुसंग सम्बन्धि रहेर उठेका प्रश्न,जिक्षासा तथा गुनासाको जवाफ नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगी,उपप्रमुख देबेन्द्र बर्मा,प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारीले दिनुभएको थियो । ३ जनाले सम्पुर्ण प्रश्नको जवाफ दिदै नगरपालिकाले जवाफदेही,उत्तरदायी सहित जनताको ईच्छा चाहाना तथा आवश्यकतालाई मध्येनजर गर्दै काम गरेको बताउनुभएको थियो ।
यो कार्यक्रमले आफुहरुलाई थप उत्तदायी बनाएको बताउदै हरेक काममा नागरिक खबरदारी आवश्यक रहेको नगर प्रमुख योगीले बताउनुभयो । आफ्नो स्थानिय तहमा भएका सम्पुर्ण गतिविधिको बारेमा स्वयम् आफै चनाखो भएर नागरिकले चासो राख्नुपर्ने बताउनुभयो । नगरपालिकाभित्र कतै अनियमितता,भ्रष्टाचार,गुणस्तरीहिन जस्ता कार्य भएको पाइएमा जानकारी गराउन नगरवासीलाई उहाँले आग्रह गर्नुभयो । उन्नत तथा समृद्ध नगरपालिका निर्माण गर्न लागि परेको योगीको भनाइ छ ।
जनप्रतिनिधि खबरदारी गर्दै उत्तरदायी,जवाफदेही सहित सफल बनाउन तथा उन्नत समृद्ध नगरपालिका निर्माण गर्न जनतासंग जनप्रतिनिधि सम्वाद कार्यक्रमको आयोजना गरिएको अभियानका संयोजक प्युठानका संयोजक सुवेदीले बताउनुभयो ।

