सुजल श्रेष्ठ प्यूठान । राष्ट्रव्यापी अन्तर स्थानीय तह भलिबल प्रतियोगिता प्युठानको माण्डवी गाउँपालिकामा सुरु भएको छ । प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको हो ।
पछिल्लो समय प्रत्येक स्थानीय तहहरूले अध्यक्ष कप सञ्चालन गर्दै आएकोमा प्युठानको माण्डवी गाउँपालिकाले पहिलो पटक सर्वाधिक राशिको पुरस्कारसहितको राष्ट्रव्यापी भलिबल प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा प्युठान र आसपास जिल्लाका स्थानीय तह गरी १३ समूहले सहभागी जनाएको आयोजकले जनाएको छ । जसको प्रथम पुरस्कार क्रमशः नगद २ लाख, द्वितीय १ लाख २५ हजार र तृतीय पुरस्कार नगद ७५ हजार ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

