रोल्पा । रोल्पामा बालबिवाहको आंकडा बढ्दै गएको देखिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग तथा अशिक्षा,गरीबिका कारण रोल्पा बालबिवाह गर्ने जिल्लाको रुपमा अग्र स्थानमा आउदछँ । रोल्पामा बालविवाह बर्षेनी बढ्दै गएको सरकारी तथ्याङ्याकले देखाएको छ । तथ्याङ्याक अनुसार रोल्पामा करिब ४५ भन्दा प्रतिशत बालबिवाह हुने गरेको छ । सानै उमेरमा बिवाह गर्दा कम तौलको बच्चा जन्मने तथा आमाको स्वास्थ्यमा पनि असर देखिने गरेको छ ।
रोल्पाको त्रिबेणी गाउँपालिका ७ की मिना परियार २० बर्ष पुगिन । उनले १८ बर्षमै बिवाह गरिन । बिद्यालयमामा पढ्दा पढ्दै माया प्रेम बसेपछि सानै उमेरमा भागेर बिवाह गरेको उनी बताउँछिन् । उनको साथमा अहिले १ बर्षको बच्चा समेत रहेको छ । सानो उमेरमा विवाह गर्दा बिभिन्न समस्या हुने उनी सुनाउँछिन । ‘स्कुल पढ्दा पढ्दै प्रेम बस्यो,त्यसपछि भागेर विवाह गरे’ उनले भनिँन,‘सानै उमेरमा विवाह गर्दा धेरै दुख पाइने रहेछ ।’

सोही ठाउँकी रेजिना बुढाथोकीले पनि १९ बर्षमा प्रेम बिवाह गरिन । अशिक्षा र सामाजिक सञ्जालबाट माया प्रेम बसेपछि बिवाह गरेको उनी बताउँछिन् । सानो उमेरमा बिवाह गर्दा बच्चा तथा आमाको स्वास्थ्यमा असर पर्ने उनको बुझाई छ । ‘सानै उमेरमा विवाह गर्दा न हातमा सिँप छ जसले गर्दा बिभिन्न दुब्यबहार ब्यहोर्नु परेको छ । उनले भनिँन,‘सानै उमेरमा कसैले पनि विवाह गर्न नपरोस ।’
यी त उदाहरण मात्र हुन् । उनीहरु जस्ता रोल्पामा उमेर नपुगि बिवाह गर्नेको संख्या प्रत्येक बर्ष बढ्दै गएको छ । त्रिबेणी गाउँपालिकाको तथ्याङ अनुसार २ बर्षको अबधीमा ९१ जना गर्भ जाँच गराउन गएका छन् । भने सोही संख्याभन्दा धेरै २० बर्षभन्दा कम उमेरका ब्यक्तिले बाल बिवाह गरेको त्रिवेणी गाउँपालिका स्वास्थय शाखा प्रमुख पूर्ण बहादुर बुढाले बताए । ‘रोल्पामा बालविवाह गर्नेको संख्या बढ्दो छ । तर यसलाई रोक्न धेरै प्रयास भएपनि सकिएको छैन, उनले भने,‘बाल विवाह राक्न पालिकालाई निकै चुनौती छ ।’
रोल्पाका सरकारी कार्यालय तथा बिभिन्न संघसस्थाले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर यति गर्दा पनि बालबिवाह रोक्न नसकिएको सरकारी अधिकारी बताउँछन् । तर नेपाल ग्रामिण पूर्न निर्माण परियोजना (आरआरएन) लागी परेको छ ।
रोल्पाको रुन्टीगढी र त्रिवेणी गाउँपालिकामा परियोजनाले पोषण सुधारका साथै बालबिवाह रोक्ने काम गरिरहेको परियोजना प्रमुख भानु पराजुलीले बताए । ‘हामीले परियोजना मार्फत पोषण तथा बालबिवाहलाई रोक्न काम गरिरहेका छौँ,उनले भने,‘अहिले रोल्पाका दुई पालिकामा पोषण सुधार तथा बालबिवाहलाई रोक्न केहि हदसम्म सफल भएका छौँ ।’ परियोजनाले पोषण सुधार तथा बालबिवाहलाई रोक्न गाउँ गाउँमा पुगेर समुह गठन गरी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

