नेपाली काङ्ग्रेस सहमहामन्त्री जिवन परियारले काङ्ग्रेस जनताकाे जनजीविका र सुशासनमा प्रतिबद्ध रहेकाे बताउनु भएको छ ।
शनिवार प्रेस युनियन प्युठानले आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रम बाेल्दै परियारले काङ्ग्रेस बिद्यमान महङ्गी,भ्रष्टाचार नियन्त्रणमा नीतिगत रुपमा लागेकाे बताएका छन ।
सङ्घीय सरकारकाे अहिलेकाे प्राथमिकता नीति निर्माण गरि तीन तहका सरकार संचालनमा सहजता दिने बताएका छन । परिवारले काेशी प्रदेश सरकार काङ्ग्रेसकाे नेतृत्वमा सर्बदलिय सरकार बन्ने बताएका छन ।

