प्युठान । नौबहिनी गाउॅंपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा तीन दिने कथा लेखन कार्यक्रम समापन भएको छ ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मेघराज बोहराको अध्यक्षता नौबहिनी गाउपालिकाका श्रदय अध्यक्ष डिल बहादुर थापाको प्रमुख आथित्यतामा कार्यक्रम समापन भएको हो । कथा लेखनको प्रशिक्षक बिजयराज आचार्यले नौबहिनीका ६ माबीका ५२ जना विद्यार्थीहरूलाइ प्रशिक्षण गरेका हुन भने कथा लेखनमा गाबै माबी, दुर्गा माबी, गंगा माबी, लुप्लुङ मावि, अम्बिका मावि र जनज्योति माविबाट सहभागी रहेका थिए ।

