प्युठान । नेबि संघ प्युठानले प्युठान नगरपालिकाको शिक्षा शाखामा ताला लगाएको छ । बुधबार नेबि संघको टोलीली शाखामा ताला लगाएको हो । नगरपालिकाले शिक्षकलाइ शिक्षा शाखा कर्मचारी सरह राखेको र हालसम्म विद्यालयमा नपठाएको भन्दै शाखामा ताला लगाएको हो ।

नेबि संघले यसअघि ती कर्मचारीलाइ विद्यालयमा पठाउन माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएको थियो तर नगरपालिकाले बेवास्ता गरेपछी बुधबार ताला लगाएको नेबि संघ प्युठानका अध्यक्ष कल्याण बिक्रम केसीले बताए ।


