प्यूठान । मल्लरानी गाउँपालिका –३ सालठाँटीको लालिगुराँस बचत तथा ऋण सहकारी सस्थामा आइतबार राती चोरी भएको छ ।
आइतबार राती करिब १२ बजे तिरको समयमा सहकारी रहेको भबनको दोस्रो तलाको चेनगेट र ताला फुटाएर करिब एक लाख ६० हजार ४०० रुपैया चोरी भएको छ भने सामानहरुमा क्षेती भएको सहकारीका ब्यबस्थापक गोबिन्द बहादुर अधिकारीले बताए । सहकारीमा राती चोरी भएपनि बिहान ९ बजेमात्र थाहा पाएको अधिकारीले बताए । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको र चोरी गर्ने ब्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।

