काठमाडौ
लमजुङका मध्यरातमा मर्स्याङ्दी नदिमा बस खस्दा चालक बेपत्ता भएका छन् ।
बेसीशहर–चामे सडकखण्ड अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–७ मा पर्ने बालुवा पहिरो नजिकै गएराती करिब १२ः ३० बजे घ १ ख ३७२ नम्बरको बस नदिमा खसेको हो ।
बस चालक चितवन घर भइ हाल मर्स्याङ्दी गापा–७ मा बस्ने अन्दाजी ४२ बर्षका खेम भुलेज बेपक्ता रहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार घट्ना राती भएपनि बिहानमात्र प्रहरी घट्नास्थलमा पुगेको छ ।
नदिमा खसेको बसको आधा भाग मात्र देखिएको छ । बसलाई स्थानीय हाइड्रोपावरको क्रेन मार्फत नदिबाट निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ । घट्नाबारे थप विवरण आउन बाँकी छ ।
?

