कोशी प्रदेशका सांसदहरूले संक्रमणजन्य रोगको उपचारमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको प्रदेशसभा बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले डेँगी, आँखा पाक्ने रोगको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद ममता तामाङले सुनसरी र धरानलाई डेँगी संकटग्रस्त क्षेत्र घोषणा गरेर सङ्क्रमितको उपचारका लागि उचित व्यवस्था मिलाउन माग गर्नुभयो । सांसद निरादेवी खनालले डेँगी परीक्षणको दायरा बढाउनुपर्ने बताउनुभयो । उहाँले आँखासम्बन्धी सङ्क्रमण पनि बढिरहेकोप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै सांसद रमेशकुमार बस्नेतले डेँगी नियन्त्रणभन्दा बाहिर गएको भन्दै धरानमा विशेष स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।

