प्यूठान । प्यूठानका ९ वटै स्थानीय तहले आगामी आर्थिक बर्ष २०८२÷०८३ का लागी बजेट सार्वजनिक गरेका छन् । शिक्षा,स्वास्थ्य, पूर्वाधार तथा खानेपानी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएका हुन् । जिल्लाको ऐरावती गाउँपालिकाले १८ औं गाउँसभाअको दोस्रो अधिबेशनबाट आगामी बर्षका लागी ४९ करोड ८९ लाख २५ हजार रुपैया बरावरको बजेट ल्याएको हो ।
ऐरावती गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले उक्त बजेट ल्याएका हुन् । उनले चालुतर्फ ३४ करोड ९४ लाख २५ हजार र पुँजिगत तर्फ १४ करोड ९५ लाख रुपैया विनियोजन गरेका हुन् । त्यस्तै माण्डवी गाउँपालिकाले ४२ करोड ७६ लाख १५ हजार रुपैया बरावरको बजेट ल्याएको छ । पालिकाको १८ औंँ गाउँसभाबाट स्वास्थ्य,शिक्षालाई प्राथमिकता दिएर बजेट ल्याएको हो ।
मल्लरानी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी ४३ करोड ४९ लाख ७२ हजार रुपैया बरावरको बजेट सार्वजनिक गरेको छ ।
त्यस्तै प्यूठान नगरपालिकाले आगामी आर्थिक बर्षका लागी बजेट पेश गरेको छ । १९ औँ नगरसभामा उपमेयर देवेन्द्र बर्माले बजेट पेश गरेका हुन ।



