प्यूठान । प्यूठानका १२ वटा सडक स्तरोन्नती तथा कालोपत्रेका लागी ५९ करोड ८८ लाख रुपैया विनियोजन गरेको छ । लुम्बिनी प्रदेश सहरी बिकास तथा खानेपानी मन्त्रालयले बहुबर्षिय योजना अन्तर्गत प्रत्येक सडकका लागी ४ करोड ९९ लाख रुपैया रकम विनियोजन गरेको हो । भने आ.ब. २०८२÷०८३ का लागी ६ करोड रुपैया छुट्टाएको हो । मन्त्रालयका अनुसार सारी डाँफेधारा स्यानीलेख रिङरोड रोल्पा सडक, किटघाट हिटडाँडा उपल्लोकोट दियाल्ना ढोरपाटन सडक, ढाँड बाँदीकोट सडक, देविस्था धनचौर उदयपुरको सडक,चेरनेटा चिना जावुने दाङबाङ्ग ऐरावती सडक,झिमरुक बासखोला पाँण्डेडाडाँ भंज्याङ्ग खलंगा सडकको स्तरोन्नतीका लागी बजेट विनियोजन भएको हो ।
त्यस्तै बहाने लुङ्ग लेख सडक,बडारपाटा ठाइलाखाल ददेरी देवघर हुदै चितिखोला सडक,इन्द्रेडाँडा बिजुवार सडक,टाकुरा पाखाडेरा भित्रिकोट सडक, गेजबाङ्ग रज्यान मानागाउँ फोप्ली मैरामारे सडक र पातिहाल्ना नारिकोट सडक रहेका छन् । यी सडकका लागी ५०÷५० लाख रुपैया प्रारम्भिक बजेट दिइएको छ ।
प्यूठानका ग्रामीण क्षेत्रका सडक स्तरोन्नतीका लागी शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापाद्धारा बहुबर्षिय योजनामा बजेट बिनियोजन भएका हुन् ।
जिल्लाका मुख्य सडकमात्र नभई ग्रामीण भित्री सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने गरी बजेट विनियोजन भएको सहरी बिकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज राणा)ले बताए ।

