प्यूठान । माण्डवी गाउँपालिकाले किशोरकिशोरीका लागी अपाङ्गता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । गर्भाबस्थामा पोषणको कमी तथा दुर्घटना लगायतका बिभिन्न कारणले अपाङ्गता हुने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागी कार्यक्रम सञ्चालन गरिएको माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकीले बताए ।
बाह्य कारणले मात्र नभई गर्भाबस्थामा पोषणको कमीका कारण अपाङ्गता हुन सक्छ त्यसका बारेमा जानकारी दिन माण्डवी गाउँपालिकाका ५ वटा सामुदायिक बिद्यालयका किशोरकिशोरीका लागी कार्यक्रम सञ्चालन गरेको कालाथोकीको भनाई छ । ‘किशोरकिशोरीलाई आपाङ्गतका बारेमा जानकारी भए यसलाई रोक्न सकिन्छ’ उनले भने ।
पछिल्ला केहि बर्ष यता नेपालमा अपाङ्गता हुनेको दरमा बृद्धि भएको छ । ब्यबस्त जीवनशैलीका कारण गर्भाबस्थमा पोषणको कमी हुन्छ जसले गर्दा अपाङ्ग शिशु जन्मने उच्च सम्भावना रहने उनको भनाई छ । बिद्यालयस्रतबाट पोषणलाई जोडदिएर यसलाई न्यूनीकरण गर्न सकिने उनको धारणा छ ।

