प्यूठान । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ प्युठानको प्रथम जिल्ला अधिबेशन बिहिवार सम्पन्न भएको छ । आज भएको अधिबेशनबाट खगेश्वर थापाको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । आजको प्रथम उपाध्यक्षमा अर्जुन श्रेष्ठ, द्धितिय उपाध्यक्षमा मुक्त बहादुर केसी चयन भएका छन् । त्यस्तै महासचिबमा सुर्य बहादुर केसी, उपमहासचिबमा आशिष श्रेष्ठ, भुवन पुन, काषाध्यक्षमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरुमा सरद सुवेदी,बिक्रम केसी, सुरेश केएम लगायत चयन भएका छन् । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका संयोजक बिश्व कुमार चन्दको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथी नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णुकुमार गिरी रहेका थिए । कार्यक्रममा उपभापति देवेन्द्र बर्मा, निबर्तमान सभापति अमर भण्डारी, लुम्बिनी प्रदेश सभाकी सांसद धनलक्ष्मी श्रेष्ठ लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

