प्यूठान । ५ बुँदे घोषणापत्र जारी गर्दै प्यूठान जिल्ला अन्तर पालिका स्तरीय न्यायिक समितिको बैंठक बिहिवार नौबहिनी गाउँपालिका १ स्याउलीबाङ्गमा सम्पन्न भएको छ । नौबहिनी गाउँपालिका न्यायिक समितिको आयोजनामा बैशाख २४ र २५ गते स्याउलीबाङ्गमा सञ्चालन भएको थियो । जिल्लाका न्यायिक समितिको न्याय सम्पादनमा एकरुपता ल्याउन तथा नियमित सिकाई आदानप्रदान गर्न बैंठकको आयोजना गरेको हो ।

प्यूठान जिल्ला अन्तर पालिका स्तरीय न्यायिक समितिको आठौं बैंठकले ५ बुँदे घोषणापत्र गरी समेत गरेको छ । न्यायिक समितिको बैंठकमको घोषणापत्रमा सबै स्थानीय तहबाट प्रस्तुत प्रतिबेदनमा देखिएका समस्या समाधानका लागी सबै न्यायिक समितिबाट एकरुपता र सहयोग आदानप्रदानलाई निरन्तता गर्ने उल्लेख गरेको छ ।
यस्ता छ न्यायिक समितिको ५ बुँदे घोषणापत्र


