श्रीराम भण्डारी
प्युठान ÷स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ का ३७ बर्षिय वडा सदस्य पुर्णबहादुर घर्ती मगर दिनभर जनताको कामका लागि खटिएका हुन्छन् । बिहान साँझको समयमा परिवार सङ्गै काम गरी लटरम्म बेमौसमी तरकारी फलाएका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष कुबेतमा बसेका घर्ती पैसा कमाउने र परिवारलाई सुख साथ पाल्ने सोचका विदेश गएको सात महिनामै बुवाको निधन भयो । ‘म विदेश गएको ७ महिनामै बुबाको निधन भयो’ उनले भने । बुबाको उपचारका लागि कमाएको पैसा त पठाए तर बुवाको निधन हुँदा आफू घर आउन नपाएको दुखेसो व्यक्त गरे । तीन वर्षपछि विदेशबाट फर्किएपछि घर्ती लामाचौरमा सामान्य तरकारी खेती गर्न थाले सुरुको दुई तीन वर्ष त यहाँ छाडेर जाउँ कि भन्ने चिन्ता समेत लाग्न थाल्यो ।
उनी ऋण धन गरेर कृषि पेशामा निरन्तर रुपमा काम गरिरहे । आफु कृषि पेशामा रहँदै गर्दा आर्थिक वर्ष २०७७÷७८ मा धानजोन कार्यक्रम प्युठानले कृषकका लागि अनुदानको सूचना गरेको जानकारी प्राप्त गरे। त्यसपटक घर्तीले ५० प्रतिशत अनुदानमा १२ लाख ५० हजार लुम्बिनी प्रदेश सरकारबाट प्राप्त गरी आठ वटा टनेलबाट तरकारी खेति बिस्तार गरेको बताउँछन् ।
हाल घर्ती समाजसेवा सहित आफ्नो करिब ४ रोपनि र लिजमा गरि १८ रोपनि जग्गामा बेमौसमी तरकारी खेति गरिरहेका छन । घर्तिको कृषि फममा काक्रा, भाण्टा,खुर्सानी, प्याज,मुला, भिण्डि , टमाटर, बन्दा फलिरहेका छन । उत्पादित तरकारी बजारको कुनै समस्या नभएको घर्ती बताउछन “ हामिले उत्पादन गरेको तरकारी नगरपालिकाले स्थापना गरेको सङ्कलनबाट खपत हुने यदि बिक्रि नभए पनि नगरपालिकाले न्युनतम मूल्य निर्धारण गरि त्यो मुल्यमा आफै बजार बयबस्थापन गर्नाले कृषकमा समस्या नभएको बताएका छन ।
घर्ती जस्तै कृषकहरुका लागि विभिन्न यात्रिकरणका साधन र प्रबिधिमा सहयोग गर्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना प्युठानका प्रमुख चुमान गिरीले बताएका छन । कार्यालयले थोपा सिचाइ, टनेल, ड्याङबनाउने मेसिन सहयोग गरेको छ । किसानको उत्पादनमा बृर्दिगरी स्वदेशमै केही गरौ भन्नेहरुका लागि कार्यालयले विभिन्न प्रबिधि हस्तान्तरणका साथै प्राबिधिक सहयोग उपलब्ध गराउने गरेको परियोजना कार्यालय प्रमुख गिरी बताउछन । जिल्लामा अहिले विशेष गरी तरकारी , धान र बिउको क्षत्रमा सहयोग गरिएको प्रमुख गिरिले बताएका छन । यस्बाट कृषकको उत्पादनमा दोब्बरले बृद्धि हुने गरेको छ ।

