प्यूठान । नौबहिनी गाउँपालिकामा सोमबारदेखि सिलाई कटाई तथा बुटिक तालिम सञ्चालन भएको छ । नौबहिनी गाउँपालिकाको आयोजनामा सोमबारदेखि २ महिने सिलाई कटाइ र बुटिक तालिम बहानेमा सञ्चालन भएको हो । महिलाहरुलाई लक्षित गरी सीप बिकास तालिम गरिएको हो । गरिबी निवारणका लागि लघु उद्धम विकास कार्यक्रम अन्तर्गत बुटिक तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
तालिमको उदघाटन गर्दै नौबहिनी गाउँपालिकाका अध्यक्ष डिल बहादुर थापाले यो सीपले गाउँगाउँमा रोजगारी सिर्जना गर्न सहयोग पुग्ने बताए । सीपको कमीले गर्दा चुलोचौकोमा सिमित रहने परेको र यस्ता तालिमले रोजगारी र्सिजनामा महत्वपूर्ण भुमिका खेल्ने बताए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत शिबराज पौडेलले आफुले सिकेको सीपलाई प्रयोग गरी आत्मर्निभर बन्न आग्रह गरे ।
बुटिक तालिमतर्फ १६ जना र सिलाई कटाई तालिमतर्फ १० जना गरी जम्मा २६ जना महिलाको सहभागिता रहेको छ ।

