प्युठान । नेपाल निजामति कर्मचारी युनियनले प्युठानमा नयाँ बर्ष २०८२ को अबसरमा शुभकामना आदान प्रदान तथा भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
कर्मचारी युनियन लुम्बिनी प्रदेश,कर्मचारी युनियन प्युठान र नेपाल शिक्षक संघ प्युठानले संयूक्त रुपमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका लुम्बिनी प्रदेश सरकारका शहरी बिकास तथा खानेनी मन्त्री सरोज थापा (रोज राणा)ले कर्मचारीको हित हुने गरी प्रदेशले स्थानीय निजामति ऐन तयार गरेको बताएका छन । कार्यक्रममा मन्त्री थापाले आन्दोलनमा रहेका शिक्षकका जायज माग सरकारले पूरा गर्नु पर्ने बताएका छन । थापाले प्रदेशमा गठबन्धन सरकार हुँदै गर्दा कोहि कर्मचारीप्रति आस्थाका आधारमा अन्याय हुन नदिने बताएका छन ।
नेपाल कर्मचारी युनियनका बरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले शिक्षकका माग २०८२ को सुरुवातमै सम्बोधन गर्न सरकारसङ्ग आग्रह गरेका छन । नेपालका राजनितीक परिवर्तनमा निजामति कर्मचारी शिक्षकको भुमिका महत्त्व रहेकोले सरकारले यकल ट्रेड युनियनको अबधारणा अगाडि ल्याउनु गलत भएको बताएका छन । उपाध्यक्ष कटुवालले सङ्घिय निजामति ऐन निर्माणका लागि सरोकारवाला सङ्ग युनियनले पटक पटक छलफल गरेको बताउदै सङ्घिय ऐन समयमा नलिए कर्मचारी युनियनले आन्दोलन गर्ने चेतावनी दिएका छन ।
कर्मचारी युनियन लुम्बिनी प्रदेश अध्यक्ष बामदेब शर्माको अध्यतामा भएको कार्यक्रममा युनियनका प्रदेश , केन्द्र स्तरीय नेता , शिक्षक सघका नेताहरुले शिक्षकका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।
कार्यक्रम शिक्षक सघ प्युठान अध्यक्ष जानका केसिको सञ्चालन र कर्मचारी युनियन प्युठानका अध्यक्ष सुर्य बहादुर पन्तको स्वागतमा सम्पन्न भएको हो ।

