सङ्घ प्रदेश र स्थानिय तहबिचकाे अन्तरक्रिया कार्यक्रम आज खलंगामा सम्पन्न भएको छ । मुख्यमन्त्रीकाे कार्यालयकाे आयाेजना तथा जिल्ला प्रशासन कार्यालयकाे समन्वयमा जिल्ला समन्वय कार्यालयमा अन्तरक्रिया सम्पन्न भएको हाे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका खानेपानी तथा सहरि बिकास मन्त्री सराेज थापा राेज राणाले कर्मचारीले काम गर्दा बार्षिक लक्षय बजेट हेरेर काम गर्ने , लक्षय अनुसार उपलब्धि हासिल गर्न काममा आलटाल गर्ने काम नगर्ने , बिकासका लागि काम गर्दा अप्ठ्यारो भए प्रदेश सरकारले सहजिकरण गर्ने बताएका छन । मन्त्री राणाले बिकासका काममा आफु निर्बाचित जिल्ला भएकोले पनि विशेष चासाेका साथ आफुले काम गरेकाले कर्मचारि र सराेकारवालाले नागरिकले महसुस गर्ने गरि काम गर्न निर्देशन दिएका छन ।
त्यस्तै प्रदेश सभा सदस्य तुल्सिराम शर्माले जिल्लामा बिकासका लागि सङ्घिय संरचना अनुसारकाे कार्यालय ब्यबस्थापन हुन नसक्दा पनि काममा असहजता भएको बताएका छन । जिल्लामा धेरै ठाउ पर्यटकिय हिसाबले महत्त्वपूर्ण गन्तव्य भएको तर त्यस्काे बिकासका लागि पर्यटन डिभिजनमा उपभोक्ताकाे कम पहुच भएकोले बिकास हुन नसकेकाे बताएका छन । कार्यक्रममा जिल्ला समन्वय प्रमुख धरम जिसि , प्युठान नगरपालिकाका प्रमुख बिष्णु याेगि , माण्डबि गाउपालिका अध्यक्ष नमराज अधिकारी , मल्लरानि गाउपालिका उपाध्यक्ष रमेश श्रेष्ठले सङ्घियताकाे मर्म अनुरुप काम हुन नसकेकाे बताएका छन । स्थानिय सरकारमा अहिले बजेट अभाब , कर्मचारी ब्यबस्थापन जस्ता समस्या रहेका बताएका छन ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिब बाबुराम अधिकारीले जिल्ला स्तरमा कसरी काम भइरहेका छन । समस्या पहिचान तथा त्यस्काे समाधानका लागि स्थलगत रुपमा अध्ययन गरी आगामि याेजना निर्धारण गर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुबेदिले जिल्ला प्रशासन कार्यालयले सबै सङ्गकाे सहकार्यमा शान्तिशुरक्षा , सेवा प्रवाहा , सुसासन जस्ता कुरालाई मुख्य प्राथमिकतामा राखेर काम गरेकाे बताएकी छन ।
कार्यक्रममा उधाेगबाणिज्य सघका अध्यक्ष शन्देश आचार्य , पत्रकार महासघका अध्यक्ष श्रीराम भण्डारीले जिल्लामा बिकास , समस्या चुनौती र प्रयासका बारेमा बताएका छन ।कार्यक्रम सघ , प्रदेश र स्थानिय तह अन्तर्गतका कार्यालयकाे हाल सम्मकाे प्रगति समीक्षा भएको छ ।


