प्यूठान । चैत्र ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) को तयारी पुरा भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । यस बर्ष प्यूठानमा झण्डै पाँच हजार बिद्यार्थी एस.ई.ई. परिक्षा सहभागि हुदैँछन् । नियमित र ग्रेडबृद्धि गरी कुल चार हजार ९४० बिद्यार्थीले एस.ई.ई. परिक्षा दिन लागेको शिक्षा बिकास तथा समन्वय ईकाई प्यूठानले जानकारी दिएको छ । जसका लागी जिल्लाभर १६ वटा परिक्षा केन्द्र तोकिएको छ ।

