प्यूठान । नेपाली कांग्रेस निकट भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा पूर्णप्रसाद कालाथोकी सर्वसम्मत चयन भएका छन । आइतबार लमहीमा सम्पन्न भएको अधिबेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । अधिबेशनबाट अध्यक्षका कालाथोकीसहित २१ जना सदस्य चयन भएको संघले जनाएको छ । उपाध्यक्ष बालकुष्ण सुबेदी,महामन्त्री खुमाकान्त तिवारी चयन भएका छन् । त्यस्तै सदस्यमा नरेश बुढा,सुरेश बि.क, बसन्ती वली, रश्मा अधिकारी,केदार शर्मा र नर बहादुर पुन सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा चयन भएपश्चात कालाथोकीले अपांगता भएका ब्यक्तिको हक अधिकार सुनिश्चित गर्न तथा नेपाली कांग्रेसलाई एक ढिक्का बनाउन सहयोग गर्ने बताएका छन् ।
संघ लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गरेका थिए । कार्यक्रमको उद्घाटनमा बोल्दै सभापति पुनले अपांगता भएका नागरिक आफ्ना हक अधिकारबाट बञ्चित रहदै आएका र अधिकार प्राप्तीका लागी सबै एकजुट हुनपर्नेमा जोड् दिए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सह महामन्त्री निमा गिरी, दाङ जिल्लाका उपसभापति लगायतले आफ्नो धारणा राखेका थिए । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ यतिबेला देशैभरि अधिवेशनमा व्यस्त रहेको छ । लामो समयदेखि हुन नसकेका नेपाली कांग्रेसका भ्रातृ संगठनमा यो वर्षभित्र जसरी पनि अधिवेशन गर्ने पार्टीको निर्देशन बमोजिम यो अधिबेशन सम्पन्न भएको हो ।



