प्युठान । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन यहि फागुनको १८ गते हुने भएको छ ।
नेपाली कांग्रेसको भातृ संघ राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ लुम्बिनी प्रदेशको मंगलवार लमहीमा बसेको बैठकले फागुनको १८ गते लमहीमा प्रथम अधिवेशन गर्ने निर्णय गरेको हो ।
संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गर्ने कार्यक्रम रहेको राष्ट्रिय लोकतान्त्रिक अपांग संघ लुम्बिनी प्रदेशका संयोजक पूर्णप्रसाद कालाथोकीले जानकारी दिएका छन् ।
संयोजक कालाथोकीका अनुसार प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा तीन सय ५० बढी महाधिवेशन प्रतिनिधिको उपस्थीति रहनेछ ।

