प्युठान । प्युठानमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ।
टिकुरी बासपार्कबाट बाग्दुला तर्फ जाँदै गरेको लु ९२प १३३७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा मल्लरानी गाउँपालिका ४ बासखोलाका अन्दाजी ७० बर्षिय रामचन्द्र शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
शाहको उपचारको क्रममा जिल्ला अस्पताल प्युठानमा मृत्यु भएको हो ।

