प्युठान । प्युठानमा सुख्खा पहिरो खस्दा एक्साभेटर पुरिएको छ ।
भालुबाङ्ग प्युठान सडक खण्ड अन्तर्गत गर्जेनीमा सुख्खा पहिरो खस्दा पहिरो पन्छाउन प्रयोग गरिएको एक्साभेट पुरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
पहिरो हटाइ राखिएको ०४२-०४४ नम्बरको एस्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । पहिरो हटाउने क्रममा सुख्खा पहिरो खसेको थियो । गर्जेनीमा बारम्बार सुख्खा पहिरो जाने गरेको छ ।

