प्यूठान । झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले सवारी चालकलाई जातिय विभेद गरेको दलित सञ्जाल झिमरुकले आरोप लगाएको छ । पालिकाले भाडामा संचालन गरेको पिक अप सवारीका चालक रेशम सुनारलाई जातिय विभेद गरेको संजालले विज्ञप्ती मार्फत जनाएको छ ।
उपाध्यक्ष पोख्रेलले गाडीधनी झिमरुक गाउँपालिका–६ धंगेका हेमराज भट्टराईसँग सवारी चालक दलित भएकाले गाउँमा जान समस्या परेको भनेकोले जातिय विभेद भएको अध्यक्ष विनोद वि.क.द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।
सवारी चालक रेशम सुनारले भने प्रत्यक्ष रुपमा आफुलाई उपाध्यक्ष पोख्रेलले विभेद नगरेको बताएका छन् । केहि महिना अघि साहुँसँग चालक दलित भएकाले फेर्नुपर्ने कुरा गर्नुभएकोले दलित समुदायले यसलाई विभेदका रुपमा लिएको उनले उल्लेख गरे । ६ महिनादेखि आफु उपाध्यक्ष सँगसँगै काम गर्दा कहिले विभेदको अनुभव गर्न नपरेको उहाँको प्रतिक्रिया छ । “प्रत्यक्ष रुपमा मैले कहिल्यै विभेदको अनुभव गरिन, धेरै पटक उहाँको घरमा पनि पुगेको छु, खाना नी आएको छु ।” ,चालक सुनारले भने, “साहुँसँग भएकोले कुराले विभेद भयो की भन्ने मात्र हो ।”
राजनीतिक प्रतिसोधका कारण झुट्टा आरोप लगाइएको गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले प्रतिक्रिया दिए । आफुले चालकलाई कहिल्यै विभेद नगरेको पोख्रेलको भनाई छ । पालिकाले सवारी भाडामा लिएको र सम्झौता अवधि सकिए पछि नविकरण नभएको भन्दै गाडिधनीले आफुलाई राजनीतिक आडमा आरोप लगाएको पोख्रेलको दाबी छ ।
रेशमलाई मैले घरमै लगेर सगैं खाना खाने तथा घरमै सुताउने गरेको पोख्रेलको भनाई छ । चालक दलित भएकै कारण गाडीको म्याद थप नगर्ने भन्ने होइन । गाडीको म्याद थप गर्ने की नगर्ने भन्ने कार्यपालिकाले गर्ने पोख्रेलले बताए । गाडीको म्याद थप नगरेको झोकमा गाडी धनीले यस्तो आरोप लगाएको पोख्रेलको दावी छ ।
हेर्नुहोस भिडियो

