प्युठान । जिल्लाका निर्माणकार्यमा अबरुद्ध बाग्दुला गेजवाङ कालाेपत्रे सडक तथा स्वर्गद्वारी जलुकाे पुलक निर्माणकार्य तत्काल सुरु गर्ने निर्माण व्यवसायीसंग सहमति भएको छ ।
बाग्दुला उपल्लो गेजवाङ सम्मको ४ हजार १ सय मिटर सडककाे कालाेपत्रे तथा जलुके पुलकाे काम तत्काल सुचारू गर्ने निर्णय भएको हाे ।
बैठकमा सहभागी प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्माले बाग्दुला-गेजबाङ सडकको मंसिर मसान्तसम्म कालाेपत्रे सक्ने र बाँकी रहेकाे काम पाैष महिना भित्र सक्ने निर्णय भएको जानकारी गराए । त्यस्तै जलुके पुल फागुन मसान्तभित्र सम्पन्न गर्ने गरि निर्णय भएको समेत उनलेे वताए । दुवै कामहरू मंसिर पहिलो साताबाटै काम सुरु गर्ने निर्णय भएको हाे ।

प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी) काे अगुवाइमा जिल्ला समन्वय समिति प्रमुख धरम जिसिको अध्यक्षतामा निर्माण व्यवसायी, प्रदेश सांसद, प्युठान नगरपालिका प्रमुख, उपप्रमुख, स्वर्गद्वारी नगरपालिका प्रमुख, सम्बन्धित वडा अध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सम्बन्धित कार्यालय प्रमुखहरुकाे उपस्थितिमा बैठक सम्पन्न भएको हाे ।

