काठमाडौँ- ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा जोडिएका ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको छ ।
मितेरी सहकारीको तीन करोड ४४ लाख भण्डारी र ६ करोडभन्दा बढी गुरुङले अपचलन गरेको खुलेपछि उनीहरूविरुद्ध प्रहरीले अनुसन्धान थालेको थियो।
तर, नेपालमा नरहेको खुलेपछि प्रहरी प्रधान कार्यालयले उनीहरूविरुद्ध रेड नोटिस जारी गर्न पत्राचार गरेको थियो। सोही आधारमा प्रहरीको अन्तर्राष्ट्रिय अपराध संठगन इन्टरपोलले रेड नोटिस जारी गरेको हो।
कार्तिक १३ गते उनीहरू दुवैजनाविरुद्ध रेड नोटिस जारी भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले जानकारी दिए।
गुरुङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी हुन्।

