प्यूठान । प्यूठानमा मोटरसाइकलले ठक्कर दिदाँ एक जना बालकको मृत्यु भएको छ । ऐरावती गाउँपालिका कैरनबाट चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं.को मोटरसाइकलले ठक्कर दिदाँ घाइते भएका मल्लरानी गाउँपालिका ५ धोदीका ३ महिने शिशु श्रीजल भण्डारीको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका भण्डारीको उपचारको क्रममा प्यूठान अस्पतालमा मृत्यु भएको प्यूठान प्रहरीले बताएको छ । बिहिबार मोटरसाइकलले मल्लरानी गाउँपालिका ५ धोदीकी ४५ बर्षिया नारायणी कंवरलाई ठक्कर दिएको थियो । कंवरले नाती श्रीजललाई बोकेकी थिइन् ।
शिशुको शवलाई पोष्टमार्टमका लागी प्यूठान अस्पतालमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

