प्युठान । प्युठानकाे नौबहिनी गाउँपालिकामा पिकअप गाडी दुर्घटना हुदा २ जना घाईते भएका छन्। स्याउलिवाङबाट बाग्दुला अाउदै गरेको लु प्र ०१-००१ ज ००१० नंम्बरकाे पिकअप नौबहिनी गाउँपालिका २ लिघाकाे जौरी विसौनामा शुक्रबार बिहान दुर्घटना हुदा दुई जना घाईते भएका हुन् । दुर्घटनामा परि चालक नौबहिनी गाउँपालिका २ लिघाका २३ बर्षिया देवु पुरी र सह चालक साेहि वडाका १७ बर्षिया सन्तोष पुरी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी तथा प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।
घाइते २ जना मध्ये सह चालककाे टाउकोमा चोट लागेकाे छ । घाइतेहरुकाे उद्वार गरी उपचारको लागि जिल्ला अस्पताल बिजुवार ल्याईएकाे छ । अहिले उनीहरुकाे अस्पतालमा उपचार हुँदैछ। घाइतेकाे अवस्था सामान्य रहेको छ। घुम्टिमा स्ट्रेरिङ्गले काम नगरेपछि दुर्घटना भएको चालक देवु पुरीले बताए।
गाडिमा चालक र सहचालक मात्र सवार रहेका थिए । प्रहरीका अनुसार जौरी विसौनको घुम्तीमा मोडिन नसक्दा गाडी सडकदेखि देखि करिब ७० मिटर तल खसेको छ ।
गाडी पूर्णरुपमा क्षति ग्रस्त भएको नाैबहिनी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोपिराम घर्तीले जानकारी दिए ।

