प्यूठान । आर्थिक बर्ष २०७३÷०७४ मा पर्यटन बोर्ड मार्फत प्यूठानका २ ठुला धार्मिक तथा पर्यकटीय स्थल जोड्ने गरी पैदल मार्ग निर्माणको काम थालनी भएको थियो । प्यूठानको स्वर्गद्वारी भ्रमणमा आउने पर्यटकलाई गौमुखीसम्म पु¥याउने उद्धेश्यका साथ पैदल मार्ग निर्माणको योजना अगाडी बढाएको थियो ।
स्वर्गद्वारीदेखि गौमुखीसम्म निर्माण गरिने पैदल मार्गले जिल्लाका अन्य भित्रि पर्यटकीय स्थललाई जोडिने गरी निर्माण गरिने योजना थियो । जस अन्तगर्त उद्योग, पर्यटन तथा बातावरण मन्त्रालयद्धारा आर्थिक बर्ष २०७५÷०७६ देखि २०७७÷०७८ सम्म ९० लाख बजेट खर्चमा स्वर्गद्वारी,देउराली,लिस्ने,झुलेनी देखि लुप्लुङसम्म र गौमुखीको केहि ठाउँमा पैदलमार्ग निर्माण गरिएको थियो । तर त्यसयता सरकारले यो पदमार्गमा बजेट बिनियोजन गर्न छोडेपछि काम अलपत्र परेको डिभिजन वन कार्यालय प्यूठानले जानकारी दिएको छ ।

सरकारले योजना सञ्चालन गर्ने त्यसपछि आबश्यक बजेट विनियोजन नगर्दा विकास निर्माणको कामबीचमै अलपत्र पर्ने गरेको जिल्लाबासी बताउँछन् । राज्यको ९० लाख रुपैया लगानी गरेर निर्माण भएका पदमार्गको अबस्था कस्तो छ ? भन्ने सरकारी निकायका कसैलाई पनि थाहा छैन । राज्यकोषबाट बजेट खर्च गर्ने तर कामलाई निरन्तरता नदिने प्रबृति हावी भएको छ । जसकारण जनताले तिरेको करको दुरुपयोग हुने गरेको छ ।

