प्युठान । रजवाराको बिकासमा प्रतिबद्ध रहेको लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापाले बताएका छन । तिखाचुली युवा क्लबले आयोजना गरेको बृहत बडादशैं मेला बोल्दै यस्तो बताए हुन । चुनाबका बेलामा गरेका प्रतिबद्धता बिर्सन नसक्ने र यहाँको बिकास अगाडि बढाउने बताएका हुन । निर्वाचनका बेला रजवाराबासीले मतदान गरेका थिए सोही अनुसार बिकास गर्ने उनको भनाइ छ । रजवारामा खानेपानी, सडक लगायतका क्षेत्रमा समस्या रहेको र त्यो यहि कार्यकालमा पूरा गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
त्यस्तै लुम्बिनी प्रदेशका सांसद धनलक्ष्मी श्रेष्ठले जनताले मतदान गरि जिताएकाले बिकास गर्ने दायित्व आफुहरुको भएको बताइन् ।

