प्युठान । प्युठान जिल्लाको सर्बाधिक राशीको खुल्ला भलिबल तथा विविध खेलकुद प्रतियोगिता आइतबारदेखी गौमुखी गाउँपालिका ३ रजवारामा सुरु भएको छ । बिजयादशमीको अबसरमा आयोजना गरिएको पुरुष, महिला भलिबल तथा बृहत बडादशैं मेलाको उद्घाटन लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापाले गरेका हुन ।
पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम,दोस्रो तथा तेस्रो हुनेले क्रमश नगद एक लाख, ७५ हजार,५० हजार पुरस्कार पाउने छन त्यस्तै महिला भलिबल प्रतियोगिता तर्फ प्रथम,दोस्रो तथा तेस्रो हुनेले क्रमश ३१ हजार,२१हजार,११ हजार पुरस्कार पाउने आयोजक तिखाचुली युवा क्लबले जनाएको छ ।
राष्ट्रिय खेल भलिबललाई संरक्षण तथा प्रबर्द्धन गर्न स्थापनाकालदेखि यस्तो कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष माधब कार्कीले बताए । क्लबले गौमुखीमा भलिबल खेलाडी उत्पादन गर्दै आएको र राष्ट्रस्तरमा सहभागिता समेत जनाइसकेको अध्यक्ष कार्कीले बताए । “खेल क्षेत्रबाट रजवारामात्रै होइन गौमुखी गाउँपालिकालाई चिनाउन सकेका छौँ ” उनले भने,”यसलाई आगामी बर्षमा निरन्तर गरिरहन्छौं ।”

