प्युठान । ऐतिहासिक भित्रिकाेट दरबारको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्ष देखि प्रत्येक वर्ष दशैंकाे अष्टमिका दिन आयोजना गरिएको विजुवार भित्रिकाेट दाैड, ९ किलोमिटर सम्पन्न भएको छ ।
प्युठान नगरपालिका वडा नं ७ काे आयोजनामा सम्पन्न कार्यक्रमको उद्घघाटन तथा समापन नगर उपप्रमुख देवेन्द्र वर्माले गरेका थिए । पहिलो देखि १० आैं सम्मका विजेताहरुलाइ पुर्णिमाकाे दिन आयोजना गरिएको सराँ प्रतियोगितामा सम्मान तथा पुरस्कार प्रदान गरिने वडाध्यक्ष नेत्र केसीले वताए ।

प्रतियोगितामा प्रथम नाैबहनी १ स्याउलिवाङ ४७ वर्षिय दामाेदर बुढा ५३ मिनेट ११ सकेन्ड, दाेश्राे नाैबहिनी ४ खबाङ १८ वर्षिय मुकेश सुनार ५६ मिनेट ०८ सेकेन्ड, तेस्रो प्युठान ७ धरमपानीका १८ वर्षिय सुवास केसी, ६० मिनेट ५६ सेकेन्ड, चाैथाे प्युठान नगरपालिका ५ जुम्रिकाँढाका १६ वर्षिय, १ घण्टा ७ मिनेट १७ सेकेन्ड, पाँचौ प्युठान नगरपालिका वडा नं ७ टिकुरी १८ वर्षिय गंगे परियार १ घण्टा ८ मिनेट ३० सेकेन्ड भएकाे रेफ्रि तेजमणी पाैडेलले वताए छन् ।


