प्यूठान । प्यूठान नगरपालिकाले दसैंको टिका मुखैमा बजार अनुगमन गरेको छ । बिहिबार प्यूठान नगरपालिकाको बिजुवार र बाग्दुलामा बजार अनुगमन गरेको छ । अनुगमनमा १५ हजार बराबरको प्लाष्टिकका माला जफत गरिएको छ ।
नगरपालिकाले गत भदौ १८ गते सुचना जारी गरी प्लाष्टिकका माला प्रयोगमा रोक लगाएको थियो । नगर क्षेत्रमा प्लाष्टिकका माला आयात भएको गुनासो आएपछि बजार अनुगमन गरेको छ । वातावरणमा नकरात्मक प्रभाव पर्ने र स्थानीय पुष्प ब्यावसायी मारमा पर्ने भएपछि नगरपालिकाले यस्ता कृत्रिम प्लाष्टिकका मालामा प्रतिबन्ध लगाएको थियो । तर व्यापारीले नगरपालिकाको सुचनालाई लत्याउदैँ प्लाष्टिकका माला आयात गरेका थिए ।

नगरपालिकाले सुचना जारी गर्दागर्दै पनि ब्यावसायी अट्री गरेपनि प्लाष्टिकका माला आयात गरेको प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले बताए । ‘प्लाष्टिकका मालाले वातावरण स्वच्छतामा असर पुग्ने र स्थानीय पुष्प ब्यावसायी पलाएन हुने हुदाँ यसको आयातमा रोक लगाएका थियौं’ तर ब्यापारीले सुचना विपरित गरेपछि आज माला जफत गरेका हौँ’ उनले भने, ‘यसले गर्दा वातावरण र पुष्प व्याबसायीलाई राहत मिल्नेछ ।’
प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्माले जनताले दिएको जिम्मेवारी इमानदारीपूर्वक कार्यान्वयन गर्ने क्रममा दसैं, तिहार, कुनै चाड वा विदा नभनी खट्ने वताए । जनतासँग प्रत्यक्ष सम्बन्ध रहेका विषयहरूमा अझै बढि सचेतताका साथ लाग्ने समेत उपप्रमुख वर्माले वताए

