प्यूठान । स्वर्गद्वारी गौमुखी यातायात प्रा.लि. ले काठमाण्डौ फर्कने यात्रुलाई भाडामा २० प्रतिशत छुट दिने भएको छ । प्रा.लि. ले दशैं मान्न गृह जिल्ला आएका यात्रुलाई साबिकको भाडादरमा २० प्रतिशत छुट दिने भएको हो । यो सेवा असोज २७ गतेदेखी कात्तिक २२ गतेसम्म छुट रहने प्रा.लि ले बताएको छ ।
सोमबार जुम्रीमा पत्रकार भेटघाट कार्यक्रममा यसअघि अतिरिक्त सेवामा लिएको २० प्रतिशत रकम पनि फिर्ता गर्ने प्रा.लि.का अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए । अतिरिक्त शुल्क तिर्नु भएका यात्रु काठमाडौ फर्कन नचाहनेलाई पैसा नै फिर्ता गर्ने श्रेष्ठको भनाई छ ।
दशैं मानेर फर्कने यात्रुको लागि आज राती १२ बजे पछि टिकट बुकिङ खुल्ला गर्ने प्रा.लि. का प्रबन्ध निर्देशक कुमार श्रेष्ठले बताए ।

