प्यूठान । चाडपर्व नजिकिएसँगै जिल्लाको माण्डवी गाउँपालिकाले बजार अनुगमनलाई तिब्र बनाएको छ ।
चाडपर्वका समयमा कालोबजारी,मुल्यबृद्धि तथा अखाद्य बस्तुको मिसावट हुने र ती क्रियाकलापलाई रोक्न बजार अनुगमनलाई तिब्र पारिएको माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकीले बताए । सोमबार प्यूठान तथा रोल्पाभित्रिने तरकारीका गाडीमा गरिएको छ । दाङबाट आउने तरकारीमा तौल कम हुने गुनासो बढेपछि अनुगमन गरिएको हो ।

बजार अनुगमनका क्रममा ब्यापारीले कम तौलको तरकारी बेच्ने गरेको भेटिएको छ ।

