प्युठान । प्युठानमा एक महिलाको शव फेला परेको छ । झिमरुक खोलाले बगाएर ल्याउदै गरेको शव प्युठान नगरपालिका १० हाडिगैरामा अन्दाजी २९ बर्षिया महिलाको फेला परेको प्रहरीले बताएको छ । खोलाले बगाएर ल्याउदै गरेको देखेपछी स्थानीयले प्रहरीलाइ खबर गरेका थिए ।
मृत अबस्थामा फेला परेको शव कसको भन्नेबारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिए।घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

