काठमाडाैं । मेक्सिको र ग्वाटेमालाको सिमानामा ६ जना मारिएका छन्।
मेक्सिकोको चियपसस्थित हुक्स्लामा ३३ जना आप्रवासी बोकेको ट्रकमा मेक्सिकन सेनाले गोली चलाउँदा नेपालीसहित ६ जनाको मृत्यु भएको हो।
मेक्सिकोको रक्षा विभागले त्यसरी गोली चल्दा नेपाल, भारत र पाकिस्तानका सहित ६ जना मारिएको सार्वजनिक गरेको समाचार एशोसियटेड प्रेसलाई उद्धृत गर्दै भारतीय अखबार द हिन्दुस्तान टाइम्सले लेखेको छ।
मारिनेहरुको पहिचान भने खुलाइएको छैन। बुधबार ३३ जना सवार ट्रक दुई जना मेक्सिकन सैनिकले गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएका थिए।

