प्यूठान । सानू गुल्मेलीको पहिलो साहित्यिक कृति ऐँजेरु कथा संग्रह मंगलबार बिमोचन गरिएको छ । साहित्य परिषद् प्यूठानको आयोजनामा कथा संग्रह बिमोचन गरिएको थियोे ।
साहित्य परिषद् प्यूठानको अध्यक्ष विमला खनाल,प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादु योगी,उपमेयर देबेन्द्र बर्मा, जिल्लाका साहित्यकार तथा पत्रकारहरुको उपस्थितिमा संग्रहको बिमोचन गरिएको हो ।
ऐँजेरु कथा संग्रहले नेपाली समाजमा देखिएको बिभिन्न धारणालाई उजार गरेको छ । ८८ पृष्ठको कथा संग्रहमा ११ वटा कथा संग्रह गरिएको छ । कथा संग्रह बिमोचन कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले साहित्य क्षेत्रको बिकास गर्न नगरपालिका सहकार्य गर्न हरक्षण तयार रहेको बताए । त्यस्तै प्यूठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माले नेपाली भाषा संरक्षणमा साहित्य क्षेत्रले सहयोग गर्ने बताएका छन् ।

