काठमाडौँ । झ्याप्ले खोला पहिरोमा परिएका थप १३ जनाको शव निकाएकको छ , आज बिहान पुरिएका बसबाट थप १३ जनाको शव निकालिएको हो । योसगैँ झ्याप्ले खोला पहिरोमा परी २७ जनाको ज्यान भएको प्रहरीले जनाएको छ ।
नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले नागढुङ्गा भन्दा मुनि रहेको झ्याप्ले खोलामा गएको पहिरो हटाउने काम गरिरहेको छ।
पहिरोबाट अहिलेसम्म २७ जनाको शव निकालिएको धादिङ प्रहरी प्रमुख गौतम केसीले जानकारी दिए । हिजो शनिबार १४ जना र आज बिहान १३ जनाको सब निकालिएको छ ।
पहिरोले तीनवटा जति बस पूर्णरुपमा पुरेको अनुमान गरिएको छ। डोजर स्काभेटर लगायतका उपकरणहरू प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको छ। माथिबाट ठुलो पहिरो खसेको देखिन्छ र पहिरोले छ सातवटा सवारी साधनमा क्षति पुर्याएको छ।

