प्यूठान । बिहिबारदेखि लगातार परेको पानीका कारण हालसम्म देशभरी ६२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले साझ ६ बजे सार्बजनिक गरेको तथ्यांक अनुसार अविरल बर्षा,पहिरो, चट्याङ तथा बाढीजन्य विपदका कारण ६२ जनाको मृत्यु भएको छ भने ४३ जना बेपत्ता भएको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार विपदजन्य घटनामा ३६ जना र्घाते घएका छन् भने १ हजार ४ सय ५६ जनाको उद्धार गर्रिको छ ।

