प्यूठान । केहि दिन यता एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा बाढी बाटो बगाएपछि तीन जना शिक्षिका र स्थानीयबासी मिलेर बिद्यार्थीलाई बाटो कटाइरहेका देख्न सकिन्छ । यो भिडियो प्यूठान नगरपालिका १० छेपानेको जनता ने.रा. प्रा.बि.का बिद्यार्थीहरु तथा शिक्षिकाको हो ।
गत असोज ८ गते दिउँसो परेको पानीका कारण स्थानीय खहरे खोलामा भएको बाढीले बाटो बगाउँदा यहाँका बिद्यार्थीहरुलाई बिद्यालय जान समस्या भएको छ । मल्लरानी अर्घाखाँची जाड्ने रणनीतिक सडकका कारण यस क्षेत्रमा आएको बाढीले बाटो बगाएको छ । सडकका कारण यहाँका बिद्यार्थीलेमात्र होइन स्थानीयले पनि दिनहुँ यो समस्या झेल्दै आएका छन् । पानी परेपछि हिड्ने बाटो नै नभएपछि स्थानीयको सहयोगमा हामीले बिद्यार्थीलाई बाटो कटाउने काम गरेको जनता ने.रा. प्रा.बि. छेपानेकी प्रधानाध्यापक राधा महतराले बताइन् । “एकता हिड्ने बाटो नै छैन त्यसमा पनि झन साना बालबालिका कसरी बिद्यालय आउँजाउँ गर्न सक्छन्” उनले भनिन्,“सडकका कारण हामीले ठुलो दुःख पाएका छौँ,बाटो बनाउन कसैँले चासो दिन्न ।”
बाटो मर्मतका लागी चासो नदिदाँ जोखिम मोेलेरै भएपनि साना बालबालिका बिद्यालय आउने गरेको बिद्यालयको भनाई छ ।
लगातार बर्षात भइरहेकाले बाटो मर्मत गर्न नसकेको प्यूठान नगरपालिकाका मेय बिष्णु बहादुर योगीले बताए । बाढीले त्यस क्षेत्रमा ठुलो क्षेत्री गरेको र सामान्य हिड्डुल गर्नका लागी तत्काल पुल बनाउनु पर्ने योगीको भनाई छ । त्यहाँ बाटो छिट्टै बाटो सञ्चालन गर्ने तयारी रहेको मेयर योगीले बताए ।

