दाङ । स्थानीय तहको निर्वाचनमा प्युठान नगरपालिका वडा ९ मा एमालेको तर्फदेखी उम्मेदवार बनेका दिपेन्द्र केसी सहितका युवाहरु एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टी प्रबेश गरेका छन ।

बुधबार लुम्बिनी प्रदेशको नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आयोजना भएको नेपाली कांग्रेस प्युठान प्रदेश सभा २ काे आयोजनामा सम्पन्न पार्टी प्रबेश कार्यक्रममा एमालेका स्थानीय नेता, समाजसेवी तथा व्यबसायी दिपेन्द्र केसी, नेकपा एमाले जिल्ला कमिटी सदस्य निम बहादुर घर्ती मगर,नेकपा एमाले प्युठान नगरपालिका वडा नं . ९ का वडा कमिटी अध्यक्ष जित बहादुर केसी प्युठान नगरपालिका वडा नं ४ का एमाले अगुवा नेता केसु जैसी सहित ४० जनाभन्दा धेरै नेता तथा कार्यकर्ता एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन ।
पार्टी प्रवेश कार्यक्रममा बाेल्दै दिपेन्द्र केसीले नेपाली कांग्रेसको अगुवाइमा मात्र विकास र आवश्यकता पुरा हुने भएकाले नेपाली कांग्रेसमा प्रवेश गरेको वताए । एमाले जिल्ला कमिटी सदस्य मीन बहादुर घर्ती मगरले एमालेको हेपाहा प्रवृत्ति विरुद्ध अभियान थालेकोले अब एक भएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । स्थानीय तहको निर्वाचनमा पार्टीले अन्तरघात गरेको र एमाले भित्रका नेताहरुमा स्वार्थ हाबी भएकाले पार्टी परित्याग गरेको उनीहरुले बताएका छ्न ।

उनीहरुलाइ लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापाले टीका खादा सहित पार्टी प्रबेश गराएका हुन । पार्टी प्रवेशमा कांग्रेस पुर्व जिल्ला सभापति सुवास केसी, लुम्बिनी प्रदेशका सांसद धनलक्ष्मी श्रेष्ठ, नेपाली कांग्रेस प्युठानका उपसभापति देबेन्द्र बर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

