प्यूठान । प्यूठान नगरपालिकाले बुधबार बजार अनुगमन गरेको छ । पालिकाले आज जुम्री बजारमा अनुगमन गरेको हो । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, प्यूठान उद्योग,बाणिज्य संघ लगायतको उपस्थिीतिमा बजार अनुगमन गरेको हो ।

बजार अनुगमनका क्रममा म्याद सकिएका खाद्यय पदार्थ बरादम गरिएको प्यूठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माले बताए । उनका अनुसार अनुगमनका क्रममा म्याद सकिएका तथा ब्यबसाय दर्ता तथा नबिकरण नगरिएको भेटिएका छन् । भने म्याद सकिएका खाद्य बस्तु समेत जफत गरिएको छ । नगरपालिकाले राती सात बजेसम्म बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा ब्यबसाय दर्ता नगरि सञ्चालन गरेकालाई असोज मसान्तसम्म दर्ता तथा नबिकरण गर्न आग्रह गरेको प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले बताए ।

