प्यूठान । प्यूठान जिल्ला कम्युनिष्टहरुकै कारणले बिकासमा पछि परेको लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापाले बताएका छन् । अब म परिवर्तन र विकास गरेर देखाउछु, सोमबार नेपाली कांग्रेस प्यूठानले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन् ।
प्यूठान बिकासमा पछाडी रहेको र अब आफुले जिल्लाको बिकास गर्ने उनलेे बताएका हुन । लुम्विनी प्रदेशका रोल्पा, अर्घाखाँची लगायतका जिल्लाले बिकासमा फड्को मारे तर प्यूठान जहाँको त्यहि रहेको उनले बताए । कम्युनिष्टको बिना भन्डाफोर भएकाले उनीहरु बिकास गर्न भन्दा बिर्गान लागेको उनको आरोप छ । ‘कम्युनिष्टहरुको सिद्धान्त बिद्रोह मात्र भयो, उनीहरुले बिकासको सट्टा बिनास गर्न लागे त्यसैको कारण प्यूठान बिकासमा पछि पर्यो’ उनले भने, ‘अब त्यो अबस्थाको अन्त्य गर्ने नेपाली कांग्रेस पार्टी र मेरो काँधमा आएको छ म जसरी पनि जिल्लाको बिकास गरेरै छाड्छु ।’
कार्यक्रममा सम्बोधन गर्दै थापाले प्युठान नगरपालिका देखि झिमरुक गाउँपालिका हुँदै गाैमुखीसम्मकाे जिल्लाकै पुरानो सडक भएतापनि गति अगाडि नबढेकोले अब पहुँच मार्ग अन्तर्गत बाग्दुला मच्छी सडकको स्तरोन्तीका लागी ७५ लाख रुपैया बजेट विनियोजन गरी काम अगाडी बढ्को र यो सडक बहुबर्षिय योजना अन्तर्गत ५ करोड रुपैया बिनियोजन हुने बताए ।
कार्यक्रममा बाेल्दै नेताहरु पदका लागी लड्पनि कार्यकर्ताहरु एक जुट हुन पनि आग्रह गरे । मन्त्री थापा शहरी बिकास तथा खानेपानी मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला प्यूठान आएका हुन् । उनी यसभन्दा पहिला डिल्ली बहादुर चौधरी नेतृत्वको सरकारमा उद्योग,पर्यटन तथा यातायात मन्त्री बनेका थिए ।
लुम्बिनी प्रदेशमा राेज राणाको नेतृत्वमा नेपाली कांग्रेस सत्ता साझेदार बनेको छ । मन्त्री थापाले कार्यक्रमका विचमा १ सय ७ जना युवाहरुलाइ नेपाली कांग्रेसमा प्रवेश गराएका छन् ।

