प्युठान ।
प्युठानमा रुखले च्यापेर एक जनाको ज्यान गएको छ । माण्डबी गाउँपालिका–२ मर्कावाङमा घरमा रुख ढलेर च्यापदा १६ वर्षीय विशाल बि.क.को ज्यान गएको जिल्ला प्रहरी कार्यादय प्युठाले जनाएको छ ।
स्थानीय दुर्गा बहादुर बि.क.को टिनले छाएको कच्ची घर नजिक रहेको रुख अविरल वर्षाका कारण ढली घरमाथि पर्न जादाँ घर भित्र सुति रहेका उनका छोरा बिशालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको उनले बताए ।

