प्यूठान । मुग्लिन नारायणगढ अन्तर्गत सिमताल नजिकै ट्रक दुर्घटना भएको छ । ना ६ ख ६२८३ नम्बरको ट्रक आइतकार बिहान त्रिशूली नदी किनारमा खसेको हो । सिमराबाट काठमाण्डौ जादै गरेको ट्रक चितवनको भरतपुर महानगरपालिका-२९ सिमतालमा ट्रक दुर्घटना भएको हो ।
ट्रकका चालक र सहचालकको अबस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले जानकारी दिए । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा बस त्रिशूली नदीमा खसेका थिए ।

