प्यूठान । गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशको आयोजना र महालेखापरिक्षकको कार्यालयको सहकार्यमा रोल्पामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेरुजु सम्बन्धी सवाल र समपरिक्षणको प्रकृयामा सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उप–महालेखापरिक्षक बामदेव शर्मा अधिकारीले प्रस्तुतीकरण गरेका थियो । जनप्रतिनिधि र कर्मचारीले आफ्ना समस्या राखेका थियो । कार्यक्रममा उठेका सबालहरुमा महालेखा परिक्षकको कार्यालयका सचिब बामदेव शर्मा अधिकारीले उठेका प्रश्नहरुको जवाफ सहित निर्देशन समेत दिएका थिए ।
गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेसका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षता तथा रोल्पा जिल्ला सम्बन्य समिति रोल्पाका प्रमुख सीता आचार्यको प्रमुख आथित्यता रहेको थियो । यसअघि २६ गते रुकुम पुर्बमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।

