प्यूठान । नेपाली कांग्रेस प्यूठानले लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री एवम् नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति सरोज थापालाई बधाई, सम्मान तथा स्वागत गर्ने भएको छ । नेपाली कांग्रेसबाट प्युठान २ मा ३१ बर्षपछि सांसद भएका थापालाई पार्टीले भदौ ३१ गते स्वागत तथा बधाई गर्ने भएको छ । यसअघि नेपाली कांग्रेसले २०४८ सालमा प्युठान २ जितेको थियोे ।

प्यूठानका ६४ वटै वडाका सभापति समेतका सम्पुर्ण नेता तथा कार्यकर्ताको उपस्थिति सम्मान तथा स्वागत गर्न लागेको हो । सोही अबसरमा नेपाल तरुण दल प्यूठानले चकचकेदेखि बिजुवारसम्म र्याली गर्ने तरुण दल प्यूठानका अध्यक्ष कृष्ण प्रसाद बसेलले जानकारी दिए । सम्मान तथा स्वागत कार्यक्रममा प्युठान २ का सभापति समेत रहेका मन्त्रीद्वारा पार्टी प्रबेशको समेत कार्यतालिका रहेको बसेलले बताए ।
मन्त्रीको स्वागतका प्रदेश मन्त्री सरोज थापालाई नेपाली कांग्रेस प्युठानकाे अगुवाइमा दुवै क्षेत्र, ९ वटै पालिका, ६४ वडाका सभापति तथा कार्यकर्ता, भातृ संगठन, सुभेच्छुक संस्थाको उपस्थितिमा कार्यक्रम गर्न लागिएको नेपाली काग्रेस प्यूठानका उपसभापति देबेन्द्र बर्माले बताए ।
साथै सोही दिन वडा तहसम्मका पार्टीका नेताहरुसगँ जिल्लाका सञ्चालित तथा आबश्यक योजनाका बिषय छलफल गर्ने कार्यतालिका समेत रहेको पार्टीले बताएको छ ।

