प्यूठान । गएराती परेको अभिरल बर्षाका कारण भालुबाङ,प्यूठान सडक अबरुद्द भएको छ । भालुबाङ,प्यूठान सडकखण्ड अन्तर्गत गर्जेनी,लाकुरी, सिमलचौर लगायतका स्सथानमा पहिरो तथा लोदो खस्दा सडक बन्द भएको सडक डिभिजन कार्यालय प्यूठानले जानकारी दिएको छ । अहिले सडक खुलाउने प्रयास भइरहेको कार्यालयले जनाएको छ ।

